काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.१७ अंकले बढ्दा ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज ३४५ कम्पनी कारोबारमा आउँदा माउन्ट एभरेष्ट पावर र सर्वोत्तम पेन्ट्ससहित एनआइसी एसिया सेलेक्ट फण्ड ३०, मान्डु हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ।
आज यी पाँच कम्पनीहरूमा सबैभन्दा बढी माउन्ट एभरेष्ट पावर र सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन्। आज यी दुई कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, एनआइसी एसिया सेलेक्ट फण्ड ३०को ६.६३ प्रतिशत, मान्डु हाइड्रोपावरको ४.८७ प्रतिशत, सानिमा मिडिल तमोर हाइड्रोपावरको ४.८५ प्रतिशतका दरले कमाएका छन्।
त्यस्तै, आज सबैंभन्दा बढी गुमाउनेमा कुमारी घनवृद्धि योजनाका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९.७७ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, कुमारी इक्विटी फण्डका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका छन्।






About Us
प्रतिक्रिया