बाढी प्रभावितका लागि कृषि विकास बैंकको ३ करोड सहयोग

काठमाडौं - विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनः स्थापनाका लागि कृषि विकास बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले प्राकृतिक विपद्को दुःखद घडीमा प्रभावित नागरिकको साथमा रहने उद्देश्यले उक्त सहयोग प्रदान गरेको जनाएको छ। प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले तीन करोड रुपैयाँको चेक अर्थमन्त्री स्वर्णिम…