काठमाडौं – अध्ययनका लागि विदेशिने क्रम बढ्दै गएको छ। एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ विदेशिएको छ। नेपाल राष्ट्र बैंककाे तथ्यांकअनुसार शिक्षातर्फको व्यय गत वर्षको तुलनामा थोरै कम छ। चालु आवको पहिलो महिनामा अध्यनयका लागि १४ अर्ब ३१ करोड व्यय भएकामा गत आवको सोही अवधिमा १४ अर्ब ९६ करोड थियो।
चालु आवको पहिलो महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय २.८ प्रतिशतले कमी आई २१ अर्ब ७० करोड पुगेको छ। यस्तै, अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २२ अर्ब ३२ करोड रहेको थियो। समीक्षा अवधिमा खुद सेवा आय १३ अर्ब ३९ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १५ अर्ब ६ करोडले घाटामा थियो।
सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १२.७ प्रतिशतले वृद्धि भई पाँच अर्ब ३८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार अर्ब ७७ करोड थियो।






About Us
प्रतिक्रिया