विदेशमा बैंकको शाखा खोल्ने नीति बहसमै सीमित, राष्ट्र बैंक एक दशकसम्म अनिर्णयको बन्दी

काठमाडौं - नेपालका बैंक तथा वित्तीय संस्थाले विदेशमा शाखा सञ्चालन गर्न पाउनुपर्ने विषय वर्षौंदेखि उठ्दै आएपनि अझै बहसको घेरामै सीमित बनेको छ। नेपाल राष्ट्र बैंकले एक दशकअघि नै बैंकहरूलाई विदेशमा सम्पर्क (प्रतिनिधि) कार्यालय सञ्चालनको अनुमति दिए पनि शाखा खोल्नेसम्बन्धी स्पष्ट नीति भने आजसम्म ल्याउन सकेको छैन। केन्द्रीय बैंकले सम्पर्क तथा प्रतिनिधि कार्यालय सञ्चालनलाई अनुमति दिएपनि…