काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले एक संस्थापक शेयरधनीको नाममा रहेको ६ हजार ५४० कित्ता शेयर बिक्रीमा राखेको हो।
बैंकले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिने जनाएको छ। सो शेयर खरिद गर्न इच्छुक बैंकका संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिन भित्र आवेदन दिन सक्नेछन्।
इच्छुकले बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा के कति कित्ता शेयर खरिद गर्ने हो सो खुलाई निवेदन दिनपर्ने बैंकले जनाएको छ।



About Us
प्रतिक्रिया