श्रीलङ्काको हालत हुने विज्ञको चिन्ताबारे अर्थसचिव भन्छन् ‘हामी दोब्बर चिन्तित छौँ तर निराश हुनुपर्दैन’

बैंकिङ्ग समाचार, काठमाडौं ।  कुनै बेला दक्षिण एशियाको एउटा आशलाग्दो अर्थतन्त्र भएको श्रीलङ्काबाट अचेल पेट्रोल आपूर्तिमा सेना खटाउनुपरेको, औषधि खरिद गर्न विश्वब्याङ्कको सहयोग माग्नु परेको अनि खाद्य सहयोगका निम्ति अरू देशहरूसँग हात पसार्नु परेका खबर आइरहेका छन्। दक्षिण एशियाको छेउको देश श्रीलङ्कामा अहिले चरम आर्थिक सङ्कट आइपरेको छ। विदेशी मुद्रा सञ्चिती रित्तिन थालेसँगै सुरु भएको…