सेञ्चुरी बैंकले किसानलाई ट्रयाक्टर खरिद गर्न कर्जा दिने

सेञ्चुरी बैंकले किसानलाई ट्रयाक्टर खरिद गर्न कर्जा दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सेञ्चुरी कमर्सियल बैंक र धनगढी, सुदुर पश्चिम अवस्थित किसान समूह बीच कृषि उत्पादकत्व बृद्धिको लागि ट्रयाक्टर खरिद गर्न लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा किसान समूहबाट सिफारिस भएका ग्राहकहरुलाई सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट सोलिस र सोनालिका ट्रयाक्टर खरिद गर्न विपन्न वर्ग कर्जा अन्तर्गत ऋण प्रदान गर्ने र ती ग्राहकहरुलाई किसान समूहले वाई ब्याक ग्यारेन्टी सुविधा समेत उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट कृषि तथा विपन्न वर्ग कर्जा प्रमुख प्रविन कुमार दाहाल र किसान समूहका तर्फबाट प्रबन्ध निर्देशक शाह नवाज आलमले हस्ताक्षर गरे।