बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरको सम्झौता भएको छ । दुबै बैंकले एक वित्तीय संस्था बनाएर कारोबार गर्ने गरी मर्जरको सम्झौता गरेका हुन् । मर्जर सहमतिपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले बिहीबार हस्ताक्षर गरेका हुन् ।
बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले दिएको जानकारी अनुसार दुबै बैंकले एक हुने सम्झैतापत्रमा हस्ताक्षर गरेका छन् । आज भएको सम्झौता अनुसार एकिकृत बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत ग्लोबल आइएमई बैंकको भागमा परेको छ भने डिपुटी सिईओ बैंक अफ काठमाण्डूले पाउने भएको छ । नयाँ बैंकको नाम ग्लोबल आइएमइ बिओके बैंक हुने सम्झौतामा उल्लेख छ । नयाँ बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृतमा ग्लोबलका रत्नराज बज्राचार्य हुनेछन् भने अध्यक्ष चन्द्र ढकाल नै रहनेछन् ।
मर्जरसँग बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ। पुँजीका हिसाबले मर्जरपछि बैंक सर्वाधिक ठूलो हुने छ ।
बैंकको नाम के राख्ने भन्ने विषयमा टुंगो लागि नसकेको बैंक अफ काठमाण्डूका श्रेष्ठले जानकारी दिए । साथै उनले स्वाप रेसियो १ः१ रहने गरि सम्झौता भएको समेत बताएका छन् ।



About Us
प्रतिक्रिया