नेपाल सिमेन्ट उत्पादक संघद्धारा बजेटको स्वागत

नेपाल सिमेन्ट उत्पादक संघद्धारा बजेटको स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

आगामी आर्थिक वर्षको बजेट मार्फत विद्युत महसुलमा छुट दिने व्यवस्थाको नेपाल सिमेन्ट उत्पादक संघले स्वागत गरेको छ ।

बजेटले स्वदेशमा स्थापित सिमेन्ट तथा क्लिङ्कर उत्पादन गर्ने उद्योगहरुको संरक्षण तथा सम्वद्र्धन गर्न र देशको व्यापारघाटा कम गर्न निकाशीमा नगद प्रोत्साहन र उद्योगहरुले उपभोग गर्ने विद्युत महशुलमा छुट दिईएको व्यवस्थाको स्वागत गर्दै संघले सरकार र अर्थ मन्त्रालयप्रति कृतज्ञता व्यक्त गरेको छ ।

बजेटमा निर्यातलाई प्राथमिकतामा राखी निर्यातका उच्च सम्भावना भएका वस्तुहरुमा सिमेन्ट र क्लिङ्करलाई समावेश गरी यसको निर्यातमा ८ प्रतिशत नगद प्रोत्साहन दिने व्यवस्था स्वदेशी उत्पादनमुलक उद्योगहरुको हितमा रहेको संघको बुझाई छ । यसले देशमा प्रचुर मात्रामा रहेको कच्चा पदार्थ चुनढुङ्गाको उपयोगमा उल्लेखनीय वृद्धि हुुनुका साथै उद्योगहरु पुर्ण क्षमतामा संचालन भएमा १५० अर्ब रुपैयाँभन्दा बढी रकमको निकाशी गर्ने सम्भावना रहेको संघले जनाएको छ । यसले देशमा चुलिएको व्यापार घाटा कम गर्न र अमुल्य विदेशी मुद्रा सञ्चिती गर्नमा सहयोग पुग्ने संघले बताएको छ ।

बजेटबाट देशको औद्योगीक क्षेत्रको विकास एंव निर्यात प्रर्वद्धन गरी आयात प्रतिस्थापन गर्न योगदान पुग्ने गरी भएको वार्षिक १० करोड भन्दा वढि रकमको विद्युत खपत गर्ने उद्योगहरुलाई विद्युत महशुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्थाको पनि संघले स्वागत गरेको छ । यसले मुलुकको औद्योगीकीकरणमा योगदान पुग्ने र स्वदेशमा उत्पादित विद्युतको खपत स्वदेशमा नै हुने वातावरण सिर्जना हुने विश्वास संघले लिएको छ ।

बजेटमा भएका सबै व्यवस्थाहरु यथाशीघ्र कार्यान्वयनमा ल्याउनका लागी संघले अनुरोध समेत गरेको छ ।