रेमिट्यान्स कम्पनीले आन्तरिक कारोबार गर्न नपाउँदा आम सर्वसाधरणलाई कस्तो असर पर्छ ?

13.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भावना अवस्थी, काठमाडौं । 
नेपाल राष्ट्र बैंकले हालै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७९ जारी गर्दै रेमिट्यान्स कम्पनीहरूलाई नेपालभित्रै एक ठाउँबाट अर्को ठाउँमा विप्रेषण (रेमिट्यान्स) कारोबार गर्न रोक लगाएको छ । बैंकले जारी गरेको उक्त निर्देशन अनुसार  रेमिट्यान्स कम्पनीहरूले देशको एक स्थानबाट अर्को स्थानमा पैसा पठाउन पाइने छैन  ।  पछिल्ला महिनामा राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स कारोबारमा कडाई गर्दै आन्तरिक रेमिट्यान्सको कारोबार सीमा (मुलुकको एक स्थानबाट अर्को स्थानमा रेमिट्यान्स कम्पनी तथा उसका सब–एजेन्टमार्फत् गरिने आन्तरिक रेमिट्यान्स स्थानान्तरण) घटाइएको थियो । त्यसयता प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाउने व्यवस्था थियो ।

नयाँ व्यवस्थाले रेमिटेन्स आप्रवाहमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेको  र आवश्यक परे भविष्यमा नीतिगत रूपमै यस विषयलाई सम्बोधन गर्ने केन्द्रिय बैंकको भनाई छ । रेमिट्यान्स कम्पनीहरूलाई नियमन गर्ने नेपाल राष्ट्र बैंकको बिप्रेषण विनियमावलीले रेमिट्यान्स कम्पनीहरूलाई विदेशी मुद्रा ल्याएर नेपालमा भुक्तानी गर्ने अधिकार दिएको हुन्छ । 
\"\"
डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्नुपरेको र आन्तरिक बजारमा पनि क्रिप्टोकरेन्सी र नेटवर्किङ्ग व्यवसायमा रेमिट्यान्सको प्रयोग भएको आशंका गरेर राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको राष्ट्र बैंकका भुक्तानी विभागका प्रमुख गुरुप्रसाद पौडेल बताएका छन् । उनले भनेका छन, ‘आन्तरीक रेमिटेन्स अरु विधिबाट पनि गर्न सकिन्छ एक ठाँउबाट हर्को ठाउँ रकम स्थानान्तरण गर्ने हामिसँग हरु पनि उपकरण छन् र रेमिटेन्स कम्पनिहरुको वास्तविक काममा केन्दित गराउन पनि यस्तो निर्णय लिएको हो ।’  तर विदेशबाट हुने कारोबारमा भने पुरानै व्यवस्था कायम रहने छ । विदेशबाट अबैधानिक  रूपमा हुन्डीमार्फत् भित्रिने रकम वित्तीय प्रणालीमार्फत् सहजै कारोबार नहोस् भनेर यस्तो व्यवस्था ल्यारिएको आंकलन गर्न सकिन्छ । 

हुन्डीमार्फत् रेमिट्यान्स भित्रिँदा नेपालमा विदेशी मुद्रा आर्जन हुँदैन । आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि भई रु.१० खर्ब बढि करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो ।

नेपाल र गन्तव्य मुलुकमा कोभिड सहज भएसँगै हुन्डीमार्फत रेमिट्यान्स आउने क्रम बढेका कारणले आन्तरिक रुपमा पनि रेमिट्यान्सको कारोबारमा राष्ट्र बैंकले नयाँ निर्देशन ल्याएको हो ।  अधिकांश विकासशोन्मुख मुलुकहरुको आम्दानीको प्रमुख स्रोत नै रेमिट्यान्स हो । हाम्रो नेपाली अर्थतन्त्र पनि रेमिट्यान्सले धान्दै आएको छ । 

चालू आर्थिक वर्षको पछिल्लो तथ्यांक अनुसार रेमिट्यान्स विप्रेषण २४.३ प्रतिशतले वृद्धि भई रु.५८५ अर्ब ८ करोड पुगेको छ । राष्ट्र बैंकले विदेशमा दुख गरेर कमाएको रेमिट्यान्स नेपाल सुरक्षित तरिकाले पठाउन विभिन्न ४२ वटा रेमिट्यान्स कम्पनीहरुलाई अनुमति दिएको पोडेलले बताएका छन् । 

अनुमति पाएका कम्पनीहरुले अमेरिका, अष्ट्रेलिया, युरोप, कोरिया, जापान तथा खाडी मुलुकहरु साउदी अरेबिया, दुबई, कतार, कुबेत लगायतका विभिन्न मुलुकहरुबाट सुरक्षित तरिकाबाट नेपाल रेमिट्यान्स भित्र¥याउँदै आएका छन् ।
यसै सन्दर्भमा कुरा गर्दै पुर्व गर्भनर अर्थात् अर्थविद् दिपेन्द्र  बहादुर क्षत्रीले बैंकिङ्ग क्षेत्रलाई चलायमान बनाउन विभिन्न कामहरुमध्ये अनुमति लिएर रेमिटेन्स्को काम  गर्नु पनि ठिक रहेको तर अपेक्षा भन्दा बढी कारोबार भएकाले सम्पति शुद्धीकरणको दायरामा ल्याउन यस्तो निर्णय लिएको र यस्तो निति लामो समयसम्म कार्यान्वयन हुन नसक्ने बताएका छन् । उनी भन्छन, ‘यस्तो निति लामो समयसम्म टिकाउन सके त राम्रो हो । विद्युतिय भुक्तानीका लागि पनि हरेक ठाँउमा इन्टरनेट हँुदैन यी यस्ता कुराहरुले पनि यस्तो निति स्थायी नहुनसक्छ ।’ नेपाली मुद्रा विप्रेषक सघंका अध्यक्ष चन्द्र टण्डनले यस्तो निति ल्याउन नहुने बताएका छन् । 

रेमिट्यान्स कारोबार गर्दा हुने फाइदा 

औपचारिक माध्ययमबाट पैसा पठाउँदा जसको नाममा पठाएको हो, उसैले सुरक्षित रूपमापैसा प्राप्त गर्दछ । यी माध्ययमबाट पैसा पठाउँदा संस्थामा बचत गर्न सहज हुन्छ । बैंक/वित्तीय संस्थाबाट वित्तीय कारोबार गर्दा कारोबारको रसिद पाइन्छ । यो रसिद सम्झेर लिनुपर्छ । यसले हिसाब राख्न मद्दत गर्दछ । रसिद मात्रै कानुनी रूपमा आय प्राप्त गरेको प्रमाण हो । सम्पत्ति, घरजग्गा आदि जोड्दा आय स्रोतको रूपमा यस रसिदलाई देखाउन सकिन्छ । बैंक /वित्तीय संस्थाबाट विप्रेषण कारोबार गर्दा उक्त संस्थावाट अन्य सुविधा पनि लिन सकिन्छ ।
\"\"
रेमिटेन्सले पार्ने नकारात्मक प्रभाव 

विकासशील देशहरूका लागि विप्रेषण महत्वपूर्ण वित्तीय स्रोत बनेको छ । यसले देशको अर्थतन्त्र चलायमान गराउन ठूलो सहयोग पुगेको छ । यसमा नेपाल रेमिटर्स एशोसिएसनका महासचिव सञ्जय सिंग्देलले अदक्ष श्रमिक ठूलो संख्यामा पलायन हुनु र प्राविधिक जनशक्ति पलायन हुनुले देशलाई फरक प्रभाव परिरहेका बताउँछन । उनी भन्छन, ‘यसबाट मुद्रास्फीति, वैदेशिक विनिमय, अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धात्मक अवस्था, घरजग्गा कारोबार आदिमा प्रत्यक्ष प्रभाव पार्छ भने सुधार र विकासका क्षेत्रमा यसले दीर्घकालीन नकारात्मक प्रभाव पर्छ । घरेलु उत्पादनमा ह्रास आई उत्पादन र उत्पादकत्वमा प्रतिकूल अवस्था देखिन्छ ।’ 

स्रोत देशका जनतामा उपबभोग्य सामग्रीमा रकम खर्चिने प्रवृत्तिमा वृद्धि हुन्छ । यसबाट नेपालजस्तो देशका लागि आयात बढ्दै गई अन्तर्राष्ट्रिय व्यापारघाटामा वृद्धि हुन पुग्ने सिग्देलले बताए । उनले भने, ‘विकासशील देशहरूको अवस्था हेर्दा ओडिएबाट प्राप्त राशिभन्दा तेब्बर राशि विप्रेषणबाट प्राप्त भएको स्थिति छ । वैदेशिक प्रत्यक्ष लगानीभन्दा ज्यादा रकमको प्रवाह यसबाट भएको स्पस्ट छ । संकटग्रस्त अवस्थामा अर्थव्यवस्थाको ग्राफ तल झरेको, तर संक्रमणकालीन समयमा बाह्य स्रोतका रूपमा ठूलो योगदान विप्रेषणले गर्दै आएको देखिएको छ । गरिब र सीमान्तकृत कमजोर वर्गका लागि जीवन निर्वाह गर्ने प्रमुख र महत्वपूर्ण स्रोतका रूपमा विप्रेषण रहँदै आएको छ ।’