काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि ४७ जनाले आवेदन दिएका छन् । आज अन्तिम दिनसम्ममा ४७ जनाले आवेदन दिएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारस्थित समितिको सचिवालयमा आवेदकहरूले आफ्नो व्यक्तिगत विवरण पेस गरेका हुन् । धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था छ। साथै धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको ‘लब्ध प्रतिष्ठित’ व्यक्ति हुनुपर्ने प्रावधान गरिएको थियो ।
सेबोन अध्यक्ष बन्न सेबोनका कार्यकारी निर्देशक देखि पूर्व कार्यकारी निर्देशकले समेत आवेदन दिएका छन् । यस्तै, पुँजी बजारका विज्ञहरुले समेत अध्यक्षका लागि आवेदन दिएका छन् ।



About Us
प्रतिक्रिया