पैसा जम्मा गर्नुहोस, चुनावपछि आउँदैछ ३५ बढि कम्पनीहरुको आईपीओ 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

विभिन्न ३६ वटा कम्पनीको इनिसियल पब्लिक अफरिङ्ग (आईपीओ) सर्वसाधारणका लागि बिक्री खुल्ला हुने पाइपलाइनमा छन । ३६ वटा कम्पनीको १५ अर्ब बढीको आईपीओ अहिले पाइपलाइनमा रहेको छ । 

पाइपलाइनमा रहेका कम्पनीमध्ये २६ वटा जलविद्युत कम्पनी रहेका छन् । सबै कम्पनीको गरेर १५ अर्ब ९ करोड ७ लाख १८ हजार बराबरको आईपीओ जारी गर्ने छन् । 
पाइपलाइनमा रहेका कम्पनीहरु 
मोदी इनर्जी, 
मेछ्याङ हाइड्रोपावर
अप्पर लोहारे हाइड्रोपावर
माईखोला हाइड्रोपावर 
चिर्खुवा हाइड्रो
भूगोल इनर्जी
अप्पर स्याङ्गे
रेवा इनर्जी
सगरमाथा इनर्जी
रिलायवल लाइफ इन्स्योरेन्स
बिपीडब्ल्यु लघुवित्त वित्तीय संस्था
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था
मुक्तिनाथ कृषि कम्पनी
सर्वोत्तम सिमेन्ट
सोनापुर मिरल्स
नेपाल रिपब्लिक मिडिया
डिस मिडिया नेटवर्क
हाथवे इन्भेष्टमेन्ट
सिटी होटल
घोराही सिमेन्ट
यी माथिका कम्पनीहरुले साधारण शेयर बिक्रीको तयारी गरेका हुन ।