काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले घट्नेक्रमलाई आज पनि निरन्तरता दिएको छ । यससँगै, नेप्से परिसूचक लगातार पाँचौं दिन ओरालो लागेको छ । आजपनि १० अंकले घटेपछि नेप्से परिसूचक २६ सय ७७ अंकमा आएर रोकिएको छ ।
परिसूचक ०.४० प्रतिशतले घटेको दिन आज १६१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ७७ वटा कम्पनीको शेयर मूल्य बढेको छ । सूचक घट्नेक्रम तीव्र बनेसँगै कारोबार रकम समेत खुम्चिन थालेको छ । आज सोमबार नेप्सेमा ६ अर्ब ९६ करोड रुपैयाँको शेयर किनबेच भयो । जबकी, हिजो आइतबार ८ अर्बभन्दा बढीको भएको थियो ।
यसक्रममा न्यादी हाइड्रोपावर र गार्डियन माइक्रोलाइफको शेयर मूल्य समान १०–१० प्रतिशतले बढेका छन् भने अन्य कम्पनीको योस्तरको वृद्धि देखिएको छैन । यस्तै, आज बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समान १० प्रतिशतले घटेका छन् ।
नेप्सेमा आज नेपाल रिपलिब्क मिडियाको सबैभन्दा धेरै शेयर कारोबार भएको छ । यो कम्पनीको २४ करोड ४४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस्तै, आज सोमबार व्यापार र अन्य समूहबाहेक सबैजसो समूहमा गिरावट आएको छ । बैंक र विकास बैंक समूहको घट्नेक्रम आज पनि जारी छ ।
प्रतिक्रिया