खप्तड लघुवित्तले भदौ ८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्दै

खप्तड लघुवित्तले भदौ ८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले प्रतिशेयर रू. १०० अंकित मूल्यका रू. १ करोड ३२ लाख बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्न लागेको हो ।

लघुवित्तले निष्कासन गर्न लागेको कुल शेयरमध्ये जारी पूँजी जारी पूँजी ४ लाखको ०.५ प्रतिशत अर्थात २ हजार कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यो आइपीओ छिटोमा भदौ १२ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ २२ गतेसम्म विक्री अवधि लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १३२० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ । 

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आवेदकले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयहरूसँगै मेरोशेयर वेबसाइट तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा ईक्रा नेपालले लघुवित्तलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।