सम्पत्ति विवरण विवाद, गृहमन्त्री गुरुङको स्पष्टीकरण,’हजुरबुवाको अंशबन्डा अघि कै सम्पत्ति हो’


काठमाडौं – गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणबारे उठेका प्रश्नहरूको स्पष्टीकरण दिएका छन्। उनले सार्वजनिक गरेको सम्पत्ति विवरण पुरानो पारिवारिक सम्पत्ति रहेको बताएका छन्। 

सङ्घीय संसद् सचिवालयको प्राङ्गणमा उनले सञ्चारकर्मीहरूलाई जवाफ दिँदै अहिले आएको विवरण अनुसार उक्त सम्पत्ति आफ्नो हजुरबुवाको अंशबन्डा नहुँदैको रहेको बताएका छन्। 

साथै, उनले सम्पत्तिको विषयमा अनावश्यक भ्रम नफैलाउन अनुरोध गरेका छन्।