राष्ट्र बैंक जस्तै अर्को नियामक निकायको स्थापना हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
सरकारले राष्ट्र बैंक जस्तै अर्को नियामक निकायको स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्ष ७९/८० को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

उनले नेपाल राष्ट्र बैंकले नियमन नगर्ने तथा सहकारी तथा गैरसहकारी संस्था नियमन गर्न दोस्रो तहको नियामक निकाय स्थापना गर्ने बताए हुन्  ।

 मन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गरिरहेका छन् । हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बजेट सार्वजनिक गर्ने संवैधानिक अभ्यास छ ।