बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था गर्ने भएको छ ।
आइतवार सार्वजनिक आगामी आर्थिक वर्षको बजेटमा सरकारले उक्त व्यवस्था गरेको छ । विदेशमा रहेका नेपाली नागरिकको लगानी धितोपत्र बजारमा भित्र्याउने उद्देश्यसहित सरकारले यो व्यवस्था लागू गरेको हो ।
पूर्ण प्रविधिमैत्री बनिसकेको नेपालको धितोपत्र बजारमा विश्वभरबाट आईपीओ खरीद गर्न सकिने व्यवस्था रहेको छ । सरकारले बजेटमा व्यवस्था गर्नु पूर्वदेखिनै विदेशमा बस्ने नेपालीहरुले आरक्षणको माग गर्दै आएका थिए ।
प्रतिक्रिया