नबिल बैंकको सहकार्यमा ‘बैंकिङ्ग शिक्षा’ विशेष कार्यक्रम सम्पन्न

नबिल बैंकको सहकार्यमा ‘बैंकिङ्ग शिक्षा’ विशेष कार्यक्रम सम्पन्न

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, दमौली । 
तनहुँको दमौलीमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । ‘दिगो बैंकिङ्गका लागि वित्तीय साक्षरता’ भन्ने मुल नाराका साथ नेपाल राष्ट्र बैंक, हिमालय टेलिभिजन, अनलाईन खबर डटकम र नबिल बैंकको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । नेपाल राष्ट्र बैंकका निर्देशक, सहप्रवक्ता तथा सुचना अधिकारी नारायण प्रसाद पोखरेलको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुलाई वित्तिय ज्ञानको महत्वको बारेमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा प्रशिक्षण दिँदै नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै विद्यर्थीहरुलाई वित्तिय ज्ञान र यसका फाइदाका बारेमा प्रशिक्षण दिए ।  

राष्ट्र बैंकका सह–प्रवत्ता पोखरेलले दिए विद्यार्थीलाई प्रशिक्षण  

कार्यक्रममा बोल्दै ‘बैंकिङ्ग शिक्षा’ कार्यक्रमका संयोजक राजु ढुंगेलले समाजमा वित्तिय ज्ञानको महत्वको विषयमा प्रकाश पारे उनले भने, ‘बैंकिङ्ग शिक्षा कार्यक्रम समाज परिर्वतनका लागि हो । हामीले विभिन्न बैंक तथा वित्तिय संस्था सँगको सहकार्यमा आयोजना गरिने यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई वित्तिय ज्ञान लिन र बचत गर्ने बानीको विकाश हुन्छ भन्ने हाम्रो विश्वास छ ।’ 

\"\"

यस्तै कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले क्षमता र आवश्यकता अनुरुप खर्च व्यवस्थापन गर्न नसके मान्छे अपाङ्ग सरह हुने बताए । उनले भने, ‘विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले आफ्ना सेवा विस्तार गर्दै गर्दा आम मानिसले पनि कमाएको रकम क्षमता अनुसार खर्च र बचत गर्नु पर्दछ ।’ 

साथै, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डीएसपी) युवराज खड्काले तनहुँमा चेक वाउन्स र विद्युतिय माध्यमबाट हुने अपराध जस्ता बैंकिङ कसूरका घटनाहरु बढ्दो क्रममा रहेको जानकारी दिए । उनले भने, ‘वित्तिय साक्षरताले यस्ता विषयमा सजगता अपनाउनका लागि सहयोग गर्छ ।’ 

\"\"नबिल बैंकका गण्डकी प्रदेश प्रमुख सुर्य बहादुर रोकाले बैंक र यसले दिने सेवा सुविधाका बारे जानकारी राख्ने मान्छेले छिटै प्रगती गर्न सक्ने र यसबारे ज्ञान नहुनेले थुप्रै सेवाबाट वञ्चित हुन परेको बताए । 

उनले भने, ‘प्रविधि र वित्तिय क्षत्रको विकासका कारण हाम्रो दैनिकी निकै सहज भएको छ ।’ साथै, आदिकवि भानुभक्त क्यामपसका प्रमुख महाप्रसाद हड्खलेले वित्तिय साक्षरताको अभियानमा सरिख हुन पाउनु एउटा ठुलो अवसर भएको बताए । उनले कार्यक्रम आयोजकलाई धन्यवाद दिँदै भने, ‘सामुदायिक क्याम्पसका विद्यार्थीहरुले सिमित श्रोत साधनमा दुःख गरेर पढ्नुपर्ने हुन्छ । यसरी बाहिरबाट आउने यस्ता कार्यक्रमले विद्यार्थीहरुले अत्यन्तै सहयोग पुग्दछ । विद्यालय स्तरमा यस्ता कार्यक्रमहरु सञ्चालन हुँदा विद्यार्थीहरुको ज्ञान र सिप टेवा पुग्दछ ।’ 

कार्यक्रममा क्याम्पसका विद्यार्थीहरु, स्थानीय र अन्य विशिष्ट व्यक्तीत्वहरुको उपस्थिती रहेको थियो । 

\"\"
भिडियो