जाल्पा सामुदायिक लघुवित्त र इमर्जिङ्ग नेपालको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

जाल्पा सामुदायिक लघुवित्त र इमर्जिङ्ग नेपालको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भईसकेको छ । दुवै संस्थाको आईपीओ नेप्सेमा सूचीकृत हुन बाँकी छ ।इमर्जिङ्ग नेपालको आईपीओ अर्काे साता मात्रै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गरिने छ भने जाल्पा सामुदायिक लघुवित्तको आईपीओ अर्काे साता नै नेप्सेमा सूचीकृत हुने सम्भावना छ । दुवै संस्थाको आईपीओ बाँडफाँटपश्चात आईपीओले ओपनिङ्ग रेञ्ज कति पाउला भन्ने चासोको विषय बनेको छ ।

जाल्पा लघुवित्त

नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ३७९ रूपैयाँ ८६ पैसादेखि अधिकतम १ हजार १३९ रुपैयाँ ५८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । लघुवित्तको आर्थिक बर्ष २०७७–७८ मा प्रतिशेयर नेटवर्थ ३७९ रुपैयाँ ८६ पैसा रहेको छ । लघुवित्तको आईपीओमा २५ लाख ८७ हजार ४१२ जना आवेदकको ३ करोड ६ लाख ६६ हजार १९० कित्ता शेयर भेरिफाइ भएको थियो । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट बाँडफाँट गर्दा ४८ हजार ७९० जनाले लघुवित्तको आईपीओ पाएका छन् ।

लघुवित्तले माघ २१ गते, शुक्रबारदेखि माघ २५ गते, मंगलबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ०।५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २६ हजार १ सय कित्ता म्युचुअल फण्डका लागि र बाँकी ४ लाख ८७ हजार ९ सय कित्ता सर्वसाधारणहरूका लागि छुट्ट्याइएको थियो ।

इमर्जिङ्ग नेपाल

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम १०५ रुपैयाँ ११ पैसादेखि अधिकतम ३१५ रुपैयाँ ३३ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना छ । कम्पनीको आर्थिक बर्ष २०७७/७८ मा प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ११ पैसा रहेको छ । कम्पनीले माघ २६ गतेदेखि फागुन १ गतेसम्म ५ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई र ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणलाई छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा २३ लाख ३१ हजार २५८ जनाले आवेदन दिएका थिए । जसमा २ हजार ५५२ जनाको आवेदन विभिन्न कारणले रद्द भएका थिए । योग्य आवेदक २३ लाख ७०६ जना रहेका थिए । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्धारा बाँडफाँट गरिएको थियो । गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गर्दा ५१ हजार ६७० जनाले कम्पनीको आईपीओ पाएका छन् । १० कित्ताका दरले बाँडफाँट गर्दा ८ कित्ता बाँकि रहन्छ । उक्त ८ कित्ता ८ जनालाई ११ कित्ताका दरले बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।