सेबोनको अध्यक्षमा रमेश हमाल नियुक्त

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन् । बोर्ड अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले कृष्णराज पोखरेल, गोपालप्रसाद भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेको थियो । सिफारिस मध्येबाट बिहिबार बसेको मन्त्री परिषदको बैठकले हमाललाई सेबोनको अध्यक्षमा नियुक्त गरेको हो ।  

बैठकले हमाललाई अध्यक्ष पदमा आगामी चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका हमालसंग आठ वर्ष नेपाल विद्युत प्राधिकरणमा काम गरेको अनुभव रहेको छ । त्यस्तै, उनले थाइल्याण्डको बैंककबाट इन्टरनेसनल विजनेस एण्ड फाइनान्समा स्नात्तकोत्तर गरेका छन् । हमालसंग करिब ३ दशक सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव समेत रहेको छ ।  

अध्यक्ष पदका लागि १५ जनाको आवेदन परेको थियो । आवेदन दिनेमा हमाल सहित रमेश घिमिरे, डा. गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, चिरन्जिवी चापागाई, डा. नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, कृष्णराज पोखरेल, डा. जीवन अंगाई, सिताराम थपलिया, डा. केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, निरज गिरि र हेमन्त बस्याल रहेका थिए ।