ईमर्जिङ नेपालको आईपिओ आजदेखि बिक्रि खुला, कस्तो छ कम्पनीको वित्तिय अवस्था ?

ईमर्जिङ नेपालको आईपिओ आजदेखि बिक्रि खुला, कस्तो छ कम्पनीको वित्तिय अवस्था ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

ईमर्जिङ्ग नेपाल लिमिटेडले आज माघ २६ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपिओ निष्काशन गरेको हो ।

जस मध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  । 

कम्पनीको आईपिओमा फागुन १ गतेसम्म आवेदन दिन सकिने छ  । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ । कम्पनीले आईपिओ निष्काशनको लागि एनआईसी एसिया बैंकलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

कम्पनी परिचय

इमर्जिङ्ग्ग नेपाल लिमिटेड सार्वजनिक निजी साझेदार कम्पनीको रुपमा प्रचलित कानून बमोजिम २०७२ साल श्रावण ३२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भै मिति २०७२/१२/२६ गते देखि कम्पनी ऐन, २०६३ अन्तर्गत काम/कारोबार गर्दै आइरहेको छ ।

कम्पनी स्थापना गर्नुको मुख्य उद्धेश्य आधारभूत संरचनाको ढाँचा, उद्योगलाई प्रोत्साहान र व्यवस्थापन उन्मुख व्यापारलाई प्रोत्साहान गरी नेपाललाई उन्नति तर्फ अघि बढाउनु रहेको छ । यो कम्पनीको लक्ष्य राष्ट्रिय प्राथमिकताको क्षेत्र जस अन्तर्गत पूर्वाधारको रुपमा रहेको, यातयात, संचार, उर्जा लगायत उद्योग, पर्यटन, स्वास्थ्य, यातायात, कृषि, वित्तीय र अन्य आथर््िाक रुपमा महत्वपुर्ण योजनाहरुमा लगानी गर्नु हो । कम्पनीले विभिन्न पब्लिक लिमिटेड कम्पनीहरु, पूर्वाधार विकास सम्बन्धित कार्य गर्ने कम्पनीहरुमा लगानी गर्ने गरेको छ ।

हाल कम्पनीले होटल एलिस द वोंदर इन् मिनितेद,  केयर रेटिङ्ग (नेपाल) लिमिटेड,  नेपाल इनफ्रास्ट्रक्चर बैंक लिमिटेड,  बि.एफ.आइ.एनमा लगानी गरेको छ ।

पूँजी विवरण

कम्पनीको अधिकृत पूँजी पाँच अर्व रहेको छ ।  कम्पनीको जारी पूँजी पचपन्न करोड छपन्न लाख रहेको छ  ।   हाल कम्पनीको चुक्ता पूँजी पचास करोड चालिस हजार रहेको छ र आईपिओ  निष्काशन तथा बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी पचपन्न करोड छपन्न लाख हुने छ । आईपिओ निष्काशनपछि कम्पनीमा संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व क्रमश ९० प्रतिशत र १० प्रतिशत रहने छ ।

आधारभुत शेयरधनीहरुको विवरण

कम्पनीमा  झन्डै ४ दर्जन आधारभुत शेयरधनी रहेका छन् । कम्पनीको संस्थापक शेयरधनीमा पूर्व डेपुटी गभर्नर, बैंकका पूर्व सीइओ, नेपाल सरकारका पूर्व सचिव, बैंक तथा वित्तीय संस्था र बीमाका पूर्व संचालक तथा सीइओ, बैंकर, उद्योगी व्यवसायी, पूर्व सांसद, लगायत रहेका छन् ।