गिरावट आएको बजारमा यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक घट्यो

गिरावट आएको बजारमा यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक घट्यो

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं । 
कारोबार हुने हप्ताको चौथो दिन आज (बुधबार) सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३०.५१ अंकले घटेर २८०३.६२ विन्दुमा झरेको छ । 

घटेको बजारमा आज सबैभन्दा धेरै सेयर मूल्य घट्ने कम्पनीहरुको पहिलो नम्बरमा हिमालय उर्जा विकास कम्पनी लिमिटेड रहेको छ । आज कम्पनीको सेयरमूल्य ६.२१ प्रतिशतले घटेर ४ सय ६७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।  

त्यस्तै सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : युनिय हाइड्रोपावर, जोशी हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, तारागाउँ रिजेन्सी होटल, तेह्रथुम पावर कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, मल्टिपर्पस फाइनान्स र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् ।          

\"\"