सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकममा गोर्खाज फाइनान्स अब्बल

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकममा गोर्खाज फाइनान्स अब्बल

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकममा गोर्खाज फाइनान्स अब्बल देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १९.४३ अंकले बढेर २७८४.९५ विन्दुमा पुगेको छ । नेप्से ०.७० प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ३.१६ अंकले बढेर ५२२.५३ विन्दुमा पुगेको छ ।  

कूल २३६ वटा कम्पनीको १ करोड ४२ लाख ८८ हजार १ सय ३० कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।  कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहहरुको सेयर घटेको छ भने बाँकी १० उपसमूहहरुको सेयर बढेको छ । 

बजार बढ्दा कारोबार रकममा गोर्खाज फाइनान्स लिमिटेड अब्बल देखिएको छ । आज फाइनान्सको २२ करोड ७७ लाख ४० हजार ९ सय १७ रूपैयाँको कारोबार भएको छ । 

सोमबार मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक बढेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर २ सय ८५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । आज कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । 

त्यस्तै, आज प्रभु सेलेक्ट फण्डको मूल्य सर्वाधिक घटेको छ । आज फण्डको मूल्य ३.१७ प्रतिशतले घटेर ९ रुपैयाँ १७ पैसामा अन्तिम कारोबार भएको छ ।