नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम ३ अर्बमा सिमित

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम ३ अर्बमा सिमित

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका तेस्रो दिन आज मंगलबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से २.६६ अंकले घटेर दुई हजार पाँच सय १८ दशमलब ९९ विन्दुमा पुगेको हो । त्यस्तै, कोरोबार रकममा भने घटेको छ । आज ३ अर्ब १२ करोड ५५ लाख बराबरको कारोबार भएको छ ।
 
नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा भोटेकोशी जलविद्युत कम्पनी रहेको छ  । यो कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छ । 

त्यस्तै, आज गोर्खाज फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी रहेको छ ।  यस कम्पनीको आज २६ करोड ४९ लाख भन्दा बढीको कारोबार भएको छ ।