हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक मर्जमा जान सहमत, पौष ३० गते साधारणसभा

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक मर्जमा जान सहमत, पौष ३० गते साधारणसभा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
हिमालयन बैंकले इन्भेष्टमेन्टसँग मर्जरमा जाने अन्तिम निर्णय गरेको छ । हिमालयन बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने अन्तिम निर्णय गरेको हो ।

एनआईबिएल बैंकसँग मर्जरमा जाने सञ्चालक समितिको बैठकले अन्तिम निर्णय गरेको र पौष ३० गते वार्षिक साधारण सभा बोलाएको हिमालयन बैंक स्रोतले जानकारी दिएको छ । हिमालयन बैंकको आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले मर्जर प्रक्रिया अगाडि बढाउने निर्णय सर्वसम्मतिले पारित भएको हो ।तर बैंठकमा सञ्चय कोषले भने मर्जमा आफ्नो असहमती रहेको बताएको हिमालयन बैंकका एक सञ्चालकले जानकारी दिए । सरकारी निकायबाट नै मर्जका लागि आफ्नो सञ्चालक समितिमा छलफल भएको छैन भन्दै इन्भेष्मेन्ट बैंकसँगको मर्जमा आफ्नो असहमति रहेको बताएको हो । 

मर्जरको लागि भन्दै राष्ट्र बैंकसँग दुई पटक समय थप माग गरेको थियो । राष्ट्र बैंक पनि लचिलो बन्दै समय थप गरेको थियो । हिमालयन बैंकको वार्षिक साधारण सभामा मुख्य एजेण्डा लाभांश पारित गर्ने र नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने हुने छ । दुबै बैंकबीच गत वैशाख ३० गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो ।

बैंकका अन्य सबै सञ्चालकहरुले मर्जका लागि सहमति दिएपनि कर्मचारी सञ्चय कोषले भने आफ्नो सञ्चालक समितिमा छलफल गर्न बाँकी रहेको भन्दै सहमति जनाएको थियो ती सञ्चालकले भने । सञ्चय कोषबाट आएका सञ्चालकले असमति जनाएपछि बहुमतले मर्जमा जाने निर्णय भएको ती सञ्चालकले बताए । 

 आइतबार बसेको हिमालयन बैंकको सञ्चालक समितिले यसभन्दा पहिलाका सबै सर्तहरु यथावत राखेर मर्ज प्रक्रिया अघि बढाउने निर्णय भएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबराले आर्थिकन्युज डटकमलाई बताए ।  यता नेपाल राष्ट्र बैंकले दुई पटक समय थप गरिदिएको समयभित्र नै हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकको मर्ज सकिने देखिएको सीईओ राणाले बताए । 

राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएपछि हिमालयन बैंकका तर्फबाट मर्जर प्रक्रिया अवरुद्ध भएको थियो । यही बीचमा बैंक सञ्चालक समितिको सञ्चय कोषका तर्फबाट अध्यक्ष रहेका तुलसीराम गौतमलाई अर्थमन्त्रालयले नै परिवर्तन गरेको थियो । उक्त स्थानमा बैंकका सञ्चालक प्रचण्डमान श्रेष्ठ आएपछि बैंकका पुर्वअध्यक्ष मनोजबहादुर श्रेष्ठको दवावमा मर्जर प्रक्रिया रोकिएको थियो । 

हिमालयन बैंकको मंसिर १० गतेको सञ्चालक समिति बैठकले मर्जर प्रक्रिया अगाडि बढाउनुपर्ने थियो । अब बैंकले आगामी शुक्रबारसम्म २१ दिनको समय राखेर साधारणसभा डाक्ने सीईओ राणाले बताए । बैंकले अब विशेष साधारणसभा बोलाउने छ र उक्त साधारणसभाको मुख्य एजेण्डामा लाभांशसँगै नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने हुने छ ।

हिमालय नेपाल इन्भेष्टमेन्ट बैंक हुने यसभन्दा पहिला नै सहमति भइसेको छ । अध्यक्ष इन्भेष्टमेन्ट बैंकका तर्फबाट पृथ्वीबहादुर पाँडे हुने रहने छन् भने प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकको तर्फबाट अशोक राणा हुने छन् । 

दुबै बैंकबीच गत वैशाख ३० गते मर्जरमा जाने सहमति भएको थियो । यता इन्भेष्टमेन्ट बैंकले साधारणसभा सकिसकेको छ । तर, अब मर्जका लागि पुन अर्को विशेष साधारणसभा बोलाउने पर्ने अबस्था आउने बैंकका अध्यक्ष पुथ्वीबहादुर पाँडेले बताए । उनले भने, ‘हिमालयन बैंकले मर्जका लागि सञ्चालक समितिबाट पारित गरेको हो भने इन्भेष्टमेन्ट बैंकले पनि विशेष साधारणसभा बोलाउछ र मर्जको प्रस्तावलाई पारित गर्ने छ ।’