कुन शेयर कारोबारीले चन्दा दिएन होला, प्रचण्डले शेयर बजार साम्राज्यवादको विकसित रूप भनिदिए: ओली

कुन शेयर कारोबारीले चन्दा दिएन होला, प्रचण्डले शेयर बजार साम्राज्यवादको विकसित रूप भनिदिए: ओली

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले शेयर कारोबारीले चन्दा नदिएकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेयर बजार ध्वस्त बनाउन खोजेको आरोप लगाएका छन् । 

ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा बुधबार आयोजित पार्टीका मनोनित केन्द्रित सदस्यहरुको सपथग्रहण कार्यक्रममा त्यस्तो आरोप लगाएका हुन् । नेता र मन्त्रीको विवादास्पद अभिव्यक्तिले शेयर बजारमा भारी गिरावट हुन लागेपछि लगानीकर्ताका अगुवाहरुले ४५ लाख लगानीकर्ताले लोकप्रिय नेता राजेन्द्र लिङदेनलाई समर्थन गर्ने चेतावनी दिएका थिए । लगानीकर्ताले नो भोट अभियान लगाएपछि ठूला नेताहरु झस्किएका छन् । 

ओलीले प्रचण्डले शेयर बजार ध्वस्त बनाउनेगरी अभिव्यक्ति दिँदा पनि कोही नबोलेको भन्दै आपत्ति जनाए । उनले शेयरवालाहरुले चन्दा नदिएपछि शेयर बजार ध्वस्त बनाउन प्रचण्ड लागेको आरोप पनि लगाए । ओलीले शेयर लगानीकर्ता र सामान्य जनताको लगानी जे सुकैहोस्, तर देशलाई बर्बाद पार्ने काममा प्रचण्डहरु लगातार लागि रहँदा पनि कसैले विरोध समेत नगरेको बताए । 
अध्यक्ष ओलीले भने, ‘प्रचण्डले यो शेयर बजारको सन्दर्भमा बडा क्रान्तिकारी साम्राज्यवाद विकसित भयो भने शेयर बजार हुन्छ रे । साम्राज्यवादको विकसित रुप चाँही लेलिनभन्दा पनि अलि बढि नै जान्ने भएछन– दुई स्टेप । पूँजीवाद विकसित रुप भएर साम्राज्यवाद हुन्छ लेनिनले भनेका थिए । त्यो भन्दामाथि गएर साम्राज्यवाद विकसित भयो भने शेयर बजार हुन्छ भनेर प्रचण्डले नयाँ थेसिस ठोक दिए । दुई दिनमा शेयर बजार धरासायी । 

त्यसले जनताको जीवनमा कति असर हुन्छ, शेयर लगानीकर्ताहरुको अवस्था कस्तो हुन्छ ? तिनीहरुको आर्थिक स्थिति के हुन्छ ? केही पनि मतलव छैन । अर्थतन्त्रको केही पनि मतलव छैन । कुन शेयरवालाले चन्दा दिएनन होला, त्यही भएर उनले त्यसलाई ध्वस्त बनाउने त्यसो भने । न रहे बास, न बजे बाँसुरी भनेर बजाए । यदि हामीले त्यस्तो गर्थेऊ भने सडक तताइन्थ्यो । माईतीघरले पुग्दैन थियो । सञ्चार माध्यमहरुमा आगो बल्थ्यो । शान्त छ । चुपचाप । शान्त । आराम । आनन्द छ सबलाई । कोही बोल्दैनन् । 

किनभने यहाँ अस्थिरता क्रियेट गर्ने, अस्थिरता बनाउने देशमा । ध्वस्त पारिरहने । यता विगार्ने, उता विगार्ने, यता उठाएजस्तो गरिदिने, उता भत्काई दिने । यो खालको सिलसिला चलिराखेको हुनाले । यस्तो बोलिरहनु परेन ।’