हल्लाका भरमा बजार घटबढ हुनु हुँदैन, सेयर बजारका समस्या समाधान गछौं : अर्थमन्त्री

हल्लाका भरमा बजार घटबढ हुनु हुँदैन, सेयर बजारका समस्या समाधान गछौं : अर्थमन्त्री

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
अर्थमन्त्री जनार्दन शर्माले सरकारले पुँजी बजारमा देखिएका समस्या समाधान गर्ने बताएका छन् । उनले भने, ‘मन्त्रीले सेयर बजार घटाउने वा बढाउने कुरा होइन । यसमा लगानीकर्ता भ्रमित हुनु हुँदैन । तर सेयर बजार विकासका लागि आवश्यक नीति र प्रविधिमा सुधार गर्न सरकार तयार छ ।,’ उनले सोमबार बिमा समितिको नयाँ कार्यालय भवन शिलन्यास कार्यक्रममा यस्तो धारणा राखेका हुन् ।  बिमा समितिले ललितपुरको कुपण्डोल अत्याधुनिक भवन निर्माण गर्न लागेको छ । सोही शिलन्यास कार्यक्रममा अर्थमन्त्री पुगेका हुन् । 
 
अर्थमन्त्रीले अगाडि थपे, सेयर बजार हल्लाका भरमा चलेको पाइयो । हल्लाकै भरमा सेयर बजार घट्नु वा बढ्नु पटक्कै राम्रो होइन । यस्तो हुनु पनि हुँदैन । यसअघि शनिबार पार्टीको प्रदेश सम्मेलनका क्रममा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धितोपत्र साम्राज्यवादको विस्तारित रुप भएको बताएका थिए । बजारमा अहिले विभिन्न अफवाह फैलाउने समूह देखिएको छ । यसबाट सचेत भएर व्यवसाय गर्नुहोला, अर्थमन्त्रीले भने ।

हल्लाका भरमा सेयर बजार घटबट हुनुले हाम्रो बजार संस्थागत र संरचनागत आधारमा चलेको छैन भन्ने देखाउँछ । सेयर बजारको संरचना र स्थायित्वमा समेत यसले प्रश्न उठेको मन्त्री शर्माले बताए । एउटा मन्त्रीले सेयर बजार बढाउने वा घटाउने काम नगर्ने भन्दै उनले भने, ‘हाम्रो सेयर बजार नीति तथा निर्देशनबाट भन्दा पनि होहल्लाको आधारमा चलेको देखियो । यो राम्रो कुरा होइन, बजारलाई यस्ता गतिविधिले प्रभावित गर्न नसक्ने गरी विकास गर्नुपर्छ ।’ अर्को एक प्रसंगमा अर्थमन्त्रीले कोरोना बिमामा सरकारले तिर्नुपर्ने रकम पनि अब तत्काल प्रदान गर्ने बताए ।

\"\"