दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्बको कारोबार हुदा परिसुचक २७५१.०१ अंकमा पुग्यो

दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्बको कारोबार हुदा परिसुचक २७५१.०१ अंकमा पुग्यो

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
साताको तेस्रो दिन आज मंगलबार पनि शेयर बजारमा हरियाली छाएको छ । बजार आज ७८.८२ अंकले बढेर कारोबार मापक नेप्से परिसुचक २७५१.०७ अंकमा पुगेर बजार बन्द भएको छ ।

आज कारोबार रकम पनि बढेको छ । दिनभर २ सय २७ कम्पनिको ११ करोड ४८ लाख ६ हजार १ सय २३ कित्ता शेयर ७२ हजार ९ सय ७३ पटक किनबेच हुदा ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९ सय ९२ रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा बढि जिवन विमा समुहका लगानिकर्ताले कमाएका छन् । यस दिन जिवन विमा समुह ४९९, निर्जिवन विमा समुह ३१७, विकास बैंक १८५, उत्पादन १७४ अंकले बढेको छ ।