नेप्से २७ अंकले बढ्दा ट्रेडिङ बाहेक सबै उपसूचकमा छायो हरीयाली

नेप्से २७ अंकले बढ्दा ट्रेडिङ बाहेक सबै उपसूचकमा छायो हरीयाली

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।   
गत साता ओरालो लागेको नेप्सेमा यो साताको पहिलो दिनमा नै हरीयाली छाएको छ । बैंकहरुले ब्याजदरमा गरेको अस्वस्थ्य प्रतिपर्धाको कारण गत साता नेप्से राताम्मे भएको थियो ।
साता पहिलो दिनमा नै आज नेप्से २७ अंकले बढेर २५८४ दशमलव ५२ अंकमा कायम भएको छ । आज २२५ कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ७७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

ट्रेडिङ बाहेक सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । आज फाइनान्स क्षेत्रको उपसूचक उचालिएको छ। फाइनान्सको उपसूचक ४ दशमलव ११ अंकले वृद्धि भएको छ । भने ट्रेडिङ उपसूचक भने १ दशमलव ०७ को अंकले घटेको छ ।