बुद्धभुमि नेपाल हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन, २७ गुणाले ओभरसब्सक्राइब्ड

बुद्धभुमि नेपाल हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन, २७ गुणाले ओभरसब्सक्राइब्ड

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ ।

कम्पनीले असोज ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ करोड रुपैयाँ बराबरकोे ८ लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ ।

निष्काशित कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार तेस्रो दिन बुधबार साँझ ५ बजेसम्ममा १५ लाख ७७ हजार ८ आवेदनबाट २ करोड १ लाख २५ हजार ३७० कित्ता शेयर माग भएको छ । जुन सर्वसाधारणबाट माग भएको तुलनामा २७.०५ गुणाले ओभरसब्सक्राइब्ड हो ।

उक्त शेयरमा असोज ११ गतेदेखि १४ गतेसम्म आवेदन दिन सकिनेछ । जसम न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। आईपीओमा उच्च खरिद आवेदन पर्ने हुँदा १० कित्ताका लागि मात्र आवेदन गर्दा उपयुक्त हुनेछ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपि आईआर डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।

कम्पनीले गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

कम्पनीले नुवाकोट जिल्लामा ५ मेगावाट क्षमताको तल्लो तादीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यो आयोजनाको प्रतिमेगावाट लागत २३.८० करोड रुपैयाँ रहेको छ ।