नेप्सेमा ५० अंकको ‘बाउन्स ब्याक’, पाँच अर्बमाथि कारोबार

नेप्सेमा ५० अंकको ‘बाउन्स ब्याक’, पाँच अर्बमाथि कारोबार

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
शेयर बजार सूचक मापक नेप्सेमा  बुधबार ५० अंकले बाउन्स ब्याक भएको छ । यो साताको सुरुवातको तीन दिनमा २०४ अंकले घटेको नेप्से बुधबार एकैदिन ५०.५८ अंकले फर्किएको हो ।

कारोबारमा आएका सबै उपसमुहगत सूचकहरुमा हरियाली छाएपछि नेप्से २ हजार ६६५ दशमलव ९३ अंकमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ८.५८ अंकले बढेर ५०३.४६ बिन्दुमा उक्लिएको छ ।

बुधबार ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँको शेयर कारोबार भएको छ । दिनभरमा २२९ कम्पनीका ९८ लाख ९४ हजार ४७८ कित्ता शेयर ६३ हजार ९१६ वटा संख्यामा खरीद बिक्री भयो ।

बजार सूचक एकैदिन १.९३ प्रतिशतले बढेपछि लगानीकर्ता उत्साहित भएका छन् । फाइनान्स र जलविद्युत सूचकमा ४ प्रतिशतभन्दा धेरै बढोत्तरी भएको छ भने विकास बैंक ३.१८, ब्यापार २.५७, निर्जीवन बीमा २.२५, अन्य २.५० र लगानी सूचक २.३२ प्रतिशतले बढेको छ ।

यसदिन अपि पावरको २२.६७ करोडको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरी, नेपाल बैंक, युनाइटेड मोदी हाइड्रोपावर, आईसीएफसी फाइनान्सको १५ करोड बढीको शेयर खरीद बिक्री भएको छ ।

बुधबार ग्रीन डेभलपमेन्ट बैंक, अपि पावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने मनकामना स्मार्ट लघुवित्त, युनाइटेड इदिमर्दी, कालिका पावर, हिमालयन उर्जा विकास कम्पनी, कालिका लघुवित्त र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेको छ ।

यसदिन मेगा बैंकको शेयरमूल्य सर्वाधिक ३.९२ प्रतिशतले घटेको छ भने प्राइम कमर्सियल बैंक डिबेञ्चर २०८५, र युनिलिभर नेपाल लिमिटेडको मूल्य पनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।