अर्थमन्त्री र गर्भरनरकाे बर्खास्तकाे मागसहित लगानीकर्ताकाे आमरण अनसन सुरू

अर्थमन्त्री र गर्भरनरकाे बर्खास्तकाे मागसहित लगानीकर्ताकाे आमरण अनसन सुरू

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
अर्थमन्त्री र गर्भरनरकाे बर्खास्तकाे मुख्य मागसहित लगानीकर्ताहरूले आज (भदाै ३० गते, बिहीबार) बाट आमरण अनसन सुरू गरेका छन् । पुँजीबजार सुधार सङ्घर्ष समितीकाे आयाेजनामा लगानीकर्ताहरूले दोश्रो चरणको आन्दोलन अन्तर्गत आमरण अनसन सुरू गरेका हुन् । १६ बुँदे मागसहित नेपाल स्टक एक्सचेञ्जको प्राङ्गणमा युवा लगानीकर्ता आदित्य शिवाकोटी आमरण अनसन बसेका हुन् ।

पुँजीबजार सुधार सङ्घर्ष समितीले नै सेयर धितो कर्जाको सीमाको विरोध गर्दै भदाै २१ गते, साेमबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकाल समक्ष विभिन्न १८ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका थिए । 

मागहरु सम्बोधन नभएकाे हुनाले भदौ २३ गतेदेखि भदाै २९ गतेसम्म दैनिक रुपमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघरमा रिले अनसन बसिरहेका थिए ।

उनीहरूलाई सेबोन, राष्ट्र बैंक र अर्थमन्त्रालयले वार्ताका लागि पनि बोलाएका थिए । तर वार्ता सकारात्मक नभएपछि उनीहरूले थप दवाव दिनका लागि आमरण अनसन सुरू गरेका हुन् ।

१६ बुँदे मागहरू

\"\"