प्रतिकित्ता २१० रूपैयाँमा प्रभु बैंकको २ लाख कित्ता सेयर बिक्री खुला

प्रतिकित्ता २१० रूपैयाँमा प्रभु बैंकको २ लाख कित्ता सेयर बिक्री खुला

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
प्रभु बैंकको २ लाख कित्ता सेयर लिलामीमा बिक्री खुला गरिएको छ । प्रभु बैंक लिमिटेडले आज (भदौ १५ गते, मंगलबार) देखि संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

बैंकले संस्थापक समूहको २ लाख ५२ हजार ७ सय २८ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । लगानीकर्ताले भदौ २८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर २ सय १० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्युनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनसक्ने छन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौँमा आईपुग्ने गरी आवेदन दिन सक्नेछन् ।