प्राइम कमर्सियल बैंकको खुद मुनाफा दोब्बरले बढ्यो, वितरणयोग्य मुनाफा ६५ प्रतिशत पनि बढ्यो 

प्राइम कमर्सियल बैंकको खुद मुनाफा दोब्बरले बढ्यो, वितरणयोग्य मुनाफा ६५ प्रतिशत पनि बढ्यो 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।    
प्राइम कमर्सियल बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ४४.५६ प्रतिशत बढेर ३ अर्ब २५ करोड ४७ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब २५ करोड १४ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म बैंकको खुद ब्याज अहाम्दानी २८.२६ प्रतिशत बढेर ५ अर्ब ९५ करोडल२१ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ४ अर्ब ६४ करोड ६ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ५६.३२ प्रतिशत बढेर १ अर्ब २९ करोड ९७ लाख ३२ हजार रुपैयाँ, सञ्चालन मुनाफा ४३.७७ प्रतिशत बढेर ४ अर्ब ७९ करोड ९२ लाख १५ हजार रुपैयाँ, वितरणयोग्य मुनाफा ६४.८३ प्रतिशत बढेर २ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ र कुल सञ्चालन मुनाफा ७.५२ प्रतिशत घटेर ७ अर्ब ८६ करोड २१ लाख ७१ हजार रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ७६ करोड ६२ लाख रुपैयाँबाट बढेर ७७ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको चुक्ता पूँजी १५ प्रतिशत बढेर १६ अर्ब ८ करोड ३० लाख ३६ हजार रुपैयाँ, जगेडा कोष ९.१३ प्रतिशत बढेर ७ अर्ब ८४ करोड १६ लाख ६२ हजार रुपैयाँ, निक्षेप २९.०६ प्रतिशत बढेर १ खर्ब ५४ अर्ब १४ करोड ९९ लाख ६५ हजार रुपैयाँ र कर्जा २२.५९ प्रतिशत बढेर १ खर्ब ३५ अर्ब ३७ करोड ६६ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ १४ पैसा बढेर २० रुपैयाँ २४ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २३.६७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ७६ पैसा रहेको छ ।