ब्याज आम्दानी बढेसँगै माछापुच्छ्रेको बैंकको नाफा १ अर्ब ६१ करोड पुग्यो, निक्षेपको आकार १ खर्ब ३१ करोड

ब्याज आम्दानी बढेसँगै माछापुच्छ्रेको बैंकको नाफा १ अर्ब ६१ करोड पुग्यो, निक्षेपको आकार १ खर्ब ३१ करोड

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
 माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६१ करोड नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । माछापुच्छ्रे बैंकले अघिल्लो वर्षको भन्दा २७ प्रतिशतले नाफा बढाएको विवरण सार्वजनिक गरेको हो । अघिल्लो वर्ष माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २६ करोड थियो ।

९ अर्ब ५ करोड चुक्ता पूँजी रहेको माछापुच्छ्रे बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब १३ करोड रुपैयाँ आर्जन गरेको छ । माछापुच्छ्रेको ब्याज आम्दानी तथा कमिसन आम्दानी बढेसँगै नाफा बढेको छ ।

माछापुच्छ्रे बैंकले असार मसान्तसम्ममा १ खर्ब ३१ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १३ करोड रुपैयाँ कर्जा दिएको छ । अघिल्लो वर्षको असार मसान्तसम्ममा माछापुच्छ्रे बैंकमा १ खर्ब ४ अर्ब थियो भने कर्जा ९२ अर्ब थियो ।

पूँजीकोष अनुपात १२ प्रतिशत रहेको माछापुच्छ्रे बैंकको खराब कर्जा अनुपात ०.६२ प्रतिशत रहेको छ । कर्जा निक्षेप अनुपात ८०.१२ प्रतिशत रहेको माछापुच्छ्रे बैंकको ७.७६ प्रतिशत बेसरेट रहेको छ भने ३.८२ प्रतिशत स्प्रेड रहेको छ ।