एभरेष्ट बैंकमा कोभिडको असरः खुद नाफा २७.३४% ले घट्यो, अधिकांश सूचक नकारात्मक 

एभरेष्ट बैंकमा कोभिडको असरः खुद नाफा २७.३४% ले घट्यो, अधिकांश सूचक नकारात्मक 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

एभरेष्ट बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २७.३४ प्रतिशत घटेर १ अर्ब ८२ करोड ८२ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ५१ करोड ६२ लाख ४४ हजार रुपैयाँ थियो ।

असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २५.४३ प्रतिशत घटेर ३ अर्ब ९६ करोड २ लाख १ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ५ अर्ब २१ करोड ४ लाख १० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा खुद फि तथा कमिशन आम्दानी २४.४० प्रतिशत घटेर ७६ करोड ८१ लाख ६५ हजार रुपैयाँ, सञ्चालन मुनाफा २६.९६ प्रतिशत घटेर २ अर्ब ६१ करोड ६८ लाख ६७ हजार रुपैयाँ, कुल सञ्चालन मुनाफा २०.०६ प्रतिशत घटेर ५ अर्ब ३६ करोड ५५ लाख ४७ हजार रुपैयाँमा सिमित भएको छ भने वितरणयोग्य नाफा भने ४१.३५ प्रतिशत बढेर २ अर्ब ३६ करोड ४९ लाख ६५ हजार रुपैयाँ रहेको छ । बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ५४ करोड ८४ लाख रुपैयाँबाट घटेर २६ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ४.९८ प्रतिशत बढेर ८ अर्ब ९३ करोड ३७ लाख १७ हजार रुपैयाँ, जगेडा कोष १६.०४ प्रतिशत बढेर ११ अर्ब ७५ करोड १५ लाख ८८ हजार रुपैयाँ, निक्षेप ११.६२ प्रतिशत बढेर १ खर्ब ६० अर्ब २२ करोड २ लाख ५७ हजार रुपैयाँ र कर्जा १३.७९ प्रतिशत बढेर १ खर्ब २७ अर्ब ६८ करोड १५ लाख २४ हजार रुपैयाँ रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ १० पैसा घटेर २० रुपैयाँ ४६ पैसामा सिमित भएको छ । बैंकको मूल्य आम्दानी अनुपात ३५.९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३२ रुपैयाँ ५८ पैसा रहेको छ ।