नेपाल इन्भेष्टमेन्ट बैंकको मुख्य आम्दानी घटेपनि नाफा ५० % ले बढ्यो, वितरणयोग्य नाफा २०५.५५ % बढ्यो

नेपाल इन्भेष्टमेन्ट बैंकको मुख्य आम्दानी घटेपनि नाफा ५० % ले बढ्यो, वितरणयोग्य नाफा २०५.५५ % बढ्यो

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ५०.६९ प्रतिशत बढेर ३ अर्ब ६५ करोड १४ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले खुद नाफा २ अर्ब ४२ करोड ३१ लाख ४६ हजार रुपैयाँ आर्जन गरेको थियो ।

असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३.२० प्रतिशत घटेर ५ अर्ब ५९ करोड ३० लाख ५४ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ५ अर्ब ७७ करोड ७६ लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ६.७३ प्रतिशत घटेर १ अर्ब ११ करोड ६६ लाख ३६ हजार रुपैयाँमा सिमित भएको छ । बैंकको सञ्चालन मुनाफा ४९.५० प्रतिशत बढेर ५ अर्ब २५ करोड ५१ लाख ८७ हजार रुपैयाँ, कुल सञ्चालन मुनाफा ५.०१ प्रतिशत बढेर ८ अर्ब ४८ करोड १७ लाख ६६ हजार रुपैयाँ र वितरणयोग्य नाफा २०५.५५ प्रतिशत बढेर १ अर्ब ९९ करोड ३३ लाख १४ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ९९ करोड ७२ लाख रुपैयाँबाट घटेर ३७ करोड ७९ लाख रुपैयाँमा सिमित भएको छ ।

गत असारमसान्तसम्म बैंकको चुक्ता पूँजी १४.०९ प्रतिशत बढेर १६ अर्ब २५ करोड ७३ लाख ३० हजार रुपैयाँ, जगेडा कोष २३.८७ प्रतिशत बढेर १६ अर्ब ९७ लाख ४८ हजार रुपैयाँ, बैंकको निक्षेप ४.९३ प्रतिशत बढेर १ खर्ब ७४ अर्ब ५५ करोड ७७ लाख ४ हजार रुपैयाँ र कर्जा १६.१५ प्रतिशत बढेर १ खर्ब ५६ अर्ब ८९ करोड १८ लाख ६ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ४५ पैसा बढेर २२ रुपैयाँ ४६ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २०.३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ४८ पैसा रहेको छ ।