विकास बैंकमा लगानीकर्ताको आकर्षण, १६.३१ अंकले बढ्यो नेप्से, साढे १७ अर्बको कारोबार

विकास बैंकमा लगानीकर्ताको आकर्षण, १६.३१ अंकले बढ्यो नेप्से, साढे १७ अर्बको कारोबार

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा लगानीकर्ताको आकर्षण विकास बैंकमा देखिएको छ । लगानीकर्ता विकास बैंकमा आकर्षित हुँदा नेप्से परिसूचकमा १६.३१ अंकले बढेर ३१७८.९१ अंकमा पुगेको छ ।

यो दिन ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता सेयर १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन ११२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । यो दिनको कारोबारमा विकास बैंक उपसमूह ६.४० प्रतिशतले बढेकाे छ ।

यो दिनको कारोबारमा ७ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा महालक्ष्मी विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त, माउण्टेन इनर्जी नेपाल, रुरु जलविद्युत् परियोजना, रुरु जलविद्युत् परियोजना, कामना सेवा विकास बैंक र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।