बैंकिङ्ग समाचार, काठमाडौं ।
सप्तकोशी डेभलपमेण्ट बैंकले गत आवको चौथो त्रेमासीक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १०४ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ३ करोड २ लाख नाफा कमाएकोमा गत आवमा वृद्धि भएर रू. ६ करोड १९ लाख ३८ हजारमा पुगेको हो ।
गत आवमा कम्पनीको सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । सञ्चालन नाफा अघिल्लो आवको तुलनामा ११२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै कम्पनीको वितरण योग्य नाफा रू. ७ करोड ४४ लाख रहेको छ ।
एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको खुद नाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । यी वितरणयोग्य मुनाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ ।
कम्पनीको लाभांश क्षमता ८ दशमलव ९ प्रतिशत रहेको छ । लाभांश क्षमता वितरण योग्य नाफा/चुक्तापूँजी ×१०० गरेर निकालिन्छ । कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको हो ।
अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव ६२ रहेकोमा गत आवमा वृद्धि भएर रू. ७ दशमलव ४२ पुगेको हो । चुक्तापूँजी रू. ८३ करोड ४३ लाख ३८ हजार रहेको कम्पनीले जगेडामा रू. ९ करोड ८० लाख र रिटेण्ड अर्निङमा रू. ७ करोड ४४ लाख ९४ हजार सञ्चित गरेको छ ।
गत आवको चौथो त्रैमासमा सम्ममा कम्पनीले रू. ४ अर्ब ५१ करोड १७ लाख ३८ हजार निक्षेप संकलन गरेर रू. ३ अर्ब ९९ करोड ३३ लाख कर्जा लगानी गरेको हो । मूल्य आम्दानी अनुपात ४९ दशमलव १७, तरलता अनुपात ३३ दशमलव ८८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२० दशमलव ६७ रहेको छ ।
प्रतिक्रिया