युनियन लाइफ र मनकामना स्मार्टको आइपिओ सूचीकृत, कतिमा हुन्छ पहिलो कारोबार?

युनियन लाइफ र मनकामना स्मार्टको आइपिओ सूचीकृत, कतिमा हुन्छ पहिलो कारोबार?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
युनियन लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको आइपिओ बजारमा सूचीकृत भएको छ। युनियन लाइफको २ करोड १५ लाख कित्ता सेयर सूचीकृत भएको छ। मनकामना स्मार्ट लघुवित्तको १२ लाख ११ हजार ५ सय कित्ता सेयर सूचीकृत भएको छ। युनियन लाइफ इन्स्योरेन्सको कारोबार संकेत ‘यूएलआई’ दिइएको छ।

यसको सुरुआतको कारोबारका लागि प्रतिकित्ता मूल्य न्यूनतम ११५ रुपैयाँ १३ पैसा र अधिकतम ३४५ रुपैयाँ ३९ पैसा दिइएको छ। सोको बीचमा जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्नेछ। कम्पनीको ६४ लाख ५० हजार कित्ता सेयर सर्वसाधारण समूहको छ। भोलिबाट कम्पनीको कारोबार सुरु हुनेछ। 

नयाँ बानेश्वरमा प्रधान कार्यालय रहेको यो पछिबाट खुलेको जीवन बीमा कम्पनी हो। संचालनमा आइरहेको यस कम्पनीले चैत मसान्तसम्म खुद ८ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ। सो अवधिसम्म कम्पनीको खुद बीमा शुल्क ५ अर्ब रुपैयाँ पुगेको छ। 

त्यस्तै मनकामना स्मार्ट लघुवित्तलाई पहिलो कारोबारका लागि न्यूनतम मूल्य ११० रुपैयाँ ८४ पैसा र अधिकतम ३३२ रुपैयाँ ५२ पैसासम्म तोकिएको छ। तोकिएको सो मूल्यको बीचमा भाेलिबाट पहिलो कारोबार हुनेछ। कम्पनीलाई कारोबार संकेतका रुपमा ‘एमकेएलबी’ दिइएको छ। 

लुम्बिनी प्रदेश कार्यक्षेत्र भएको यस लघुवित्तको प्रधान कार्यालय भैरहवामा छ। ३६ हजार ३४९ जनाले लघुवित्तको शेयर प्राप्त गरेका छन्।