इमर्जिङ नेपालले साढे ५ करोडको आईपीओ निष्काशन गर्ने, बोर्डसँग अनुमति माग

इमर्जिङ नेपालले साढे ५ करोडको आईपीओ निष्काशन गर्ने, बोर्डसँग अनुमति माग

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर (आइपीओ) निष्कासन गर्ने अनुमति माग्दै पुनः नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले सर्वसाधारणका लागि ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गर्ने अनुमति माग गरेको हो ।

कम्पनीले असार १७ गते दोस्रो पटक बोर्डमा आवेदन दिएको हो । यसअघि पनि कम्पनीले सोही परिमाणको शेयर बिक्रीके अनुमति मागेपनि बोर्ढमा आवश्यक कागजात नबुझाएपछि कम्पनीको अनुमति प्रकृया बोर्डले खारेज गरेको थियो ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इमर्जिङ नेपाल लिमिटेडको प्राथमिक शेयर (आइपीओलाई) ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ दिएको छ । इक्राले दिएको डबल बी प्लस रेटिङ प्राप्त संस्थाले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ । कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।

कस्तो कम्पनी हो इमर्जिङ नेपाल ?

ट्रेड टावर, थापाथली काठमाडौंमा रजिष्टर्ड तथा कृष्ण टावर नयाँ बानेश्वर, काठमाडौंमा कार्पेरेट कार्यालय रहेको इमर्जिङ नेपाल नेपालको पहिलो भेञ्चर क्यापिटल कम्पनी हो । यस कम्पनीले जलविद्युत, वित्तीय सेवा, शिक्षा, व्यावसायिक कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यले सार्वजनिक–निजी साझेदारीको अवधारणामा इमर्जिङ नेपालको स्थापना भएको हो ।

कम्पनीले व्यावसायिक रूपमा सम्भाव्य र आकर्षक परियोजना भएका सर्जकहरूलाई ‘बीउ पूँजी’ उपलब्ध गराउने उद्देश्यले ‘स्टार्टअप फण्ड’ समेत स्थापना गरेको छ । इमर्जिङ नेपालको चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको छ । कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । आफ्नो व्यवसायको दायरा वृद्धि हुँदै गएको अवस्थामा लगानीयोग्य रकमको अभाव हुन नदिन पूँजी वृद्धि गरेको कम्पनीले बताएको छ । यसअघि कायम प्रवद्र्धकहरूका लागि एक बराबर अनुपातमा हकप्रद शेयर जारी गरेर चुक्ता पूँजी वृद्धि गरेको थियो ।

कम्पनीले अहिलेसम्म खासै ठूला परियोजनाहरूमा लगानी नगरे पनि सम्भावित केही परियोजनाहरूको सम्भाव्यता अध्ययन गरिरहेको छ । केही साना र मध्यम खालका परियोजनाहरूमा भने कम्पनीको साझेदारी देखिएको छ ।

पूर्वाधार विकास बैंक र क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्स नेपालमा लगानी गरिसकेको यस कम्पनीको नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जमा तथा जीर्ण, रुग्ण र बन्द अवस्थामा रहेका सरकारी उद्योगहरूमा समेत दीर्घकालीन लिजमा वा खरीद गरी सञ्चालन गर्ने कम्पनीको उद्देश्य छ । साथै कम्पनीले बीमा क्षेत्रका जनशक्ति उत्पादन तथा तालीम दिने संस्था स्थापना गर्ने लक्ष्य राखेको छ ।

कम्पनीमा नेपाल सरकारका पूर्वसचिव लालमणि जोशी अध्यक्ष तथा नेपाल सरकारको तर्फबाट विनोद बहादुर कुवँर सञ्चालक समिति सदस्य तथा व्यावसायिक घराना विशाल समूहका अशोक कुमार अग्रवाल, आईएमई समूहका चन्द्र ढकाल र सञ्चालक समितिमा सदस्य छन्। कम्पनीनीको सल्लाहकारमा पूर्वअर्थसचिव रामेश्वर खनाल छन् ।

कम्पनीले नेपाल इन्फ्रास्टक्चर बैंक, क्रेडिट एजेन्सी कम्पनी केयर रेटिङ्ग नेपाल, बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इस्टिच्यूट नेपाल लिमिटेड, होटल एलिस द वन्डर इन लिमिटेडमा लगानी गरेको छ ।