जीवन विकास लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेन्ज ?

जीवन विकास लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेन्ज ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचीकृत भएको छ ।

कम्पनीको ६० लाख ८४ हजार एक सय कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधरणका लागि बाँकी १८ लाख ४८ हजार १५ कित्ता आईपीओ बिक्री गरेको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीले दोश्रो बजारमा कारोबारका लागि जेबिएलबि (JBLB)  सिम्बोल पाएको छ । नेप्सेमा शेयर सूचीकृत भएसँगै बिहीबारबाट कारोबार सुरू हुनेछ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पूँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि लागि तथा बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणलाई बिक्री गरेको हो ।

कम्पनीको आईपीओ १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० किaत्ताका दरले सेयर र ५ जनाले भने ११ कित्ताका दरले शेयर पाएका थिए ।