कोरोनाको असरका वावजुत वाणिज्य बैंकहरुले २८ प्रतिशतले ब्यापार बढाए, कसको कति ?

कोरोनाको असरका वावजुत वाणिज्य बैंकहरुले २८ प्रतिशतले ब्यापार बढाए, कसको कति ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।   
कोरोनाको असरका वावजुत वाणिज्य बैंकहरुले एक वर्षको अवधिमा २८ प्रतिशतले आफ्नो बिजनेस बढाएका छन्।

बैंकहरुको मुल बिजनेस भनेकै कर्जा प्रवाह हो। २०७७ असार मसान्तसम्म २७ वाणिज्य बैंकहरुले २९ खर्ब ५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए भने २०७८ असार मसान्तसम्म आउँदा ३७ खर्ब २० अर्ब पुगेको छ। अर्थात एक वर्षमा ८ खर्ब १५ अर्ब थप कर्जा विस्तार भएको छ। 

विकास बैंक र फाइनान्स कम्पनीहरुसँग मर्ज र एक्वीजिसन गरेका कारण पनि वाणिज्य बैंकहरुको यो पटक बिजनेस विस्तार राम्रो देखिएको हो। मर्ज र एक्वीजिसनकै कारण केही बैंकहरुको बिजनेस रफ्तार उच्च देखिन्छ। 

एक वर्षको अवधिमा बैंकहरुको बिजनेस ७ प्रतिशतदेखि ५६ प्रतिशतसम्म बढेको छ। एसबिआई बैंकको विजनेस विस्तार तुलनात्मक रुपमा कमजोर अर्थात ७ प्रतिशत मात्रै छ भने सिभिल बैंकको बिजनेस ५६ प्रतिशतले बढेको छ। 

बिजनेसका आधारमा एनआइसी एसिया बैंक सबैभन्दा ठूलो देखिएको छ। बैंकले असार मसान्तसम्म २ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।  बैंकहरुको कर्जा वृद्धिदर निक्षेपको वृद्धिदर भन्दा धेरै हो। सोही एक वर्षको अवधिमा बैंकहरुको निक्षेप भने २० प्रतिशतले बढेको छ।

०७७ असार मसान्तसम्म ३४ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकले ०७८ असार मसान्तसम्म ४२ खर्ब १ अर्ब संकलन गरेका छन्। निक्षेपभन्दा कर्जाको वृद्धिदर उच्च भएकै कारण केही बैंकको सिसिडी रेसियो ८० प्रतिशत नाघेको छ। 

असार मसान्तसम्म सिभिल, कुमारी, माछापुच्छ्रे, मेगा, एनआइसी एसिया, सानिमा, सिद्धार्थ र सनराइज बैंकको सिसिडी रेसियो ८० प्रतिशतभन्दा माथि छ। यस्तो सिसिडी रेसियोमा राष्ट्र बैंकले ८५ प्रतिशतको सीमा तोकेको छ।

यसको अर्थ बैंकहरुको मुल पुँजी र संकलन भएको निक्षेपमा ८५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउनु हो। निक्षेप संकलनभन्दा कर्जा प्रवाह बढी हुँदा सिसिडी रेसियो बढ्ने गर्छ।