नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिन कार्यदल गठन

नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिन कार्यदल गठन

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिन कार्यदल गठन गरेको छ ।

बोर्डले बिहीबार अर्थमन्त्रालय र कानून मन्त्रालयका सह–सचिवसहित ५ जनाको कार्यदल गठन गरेको हो । 

कार्यदलको संयोजकमा अर्थमन्त्रालयको सह–सचिव तथा बोर्डका सञ्चालक रामेश्वर दंगाल, कार्यदल सदस्यहरुमा कानून मन्त्रालयका सह–सचिव निर्मला अधिकारी, बोर्डका विज्ञ सदस्य अशोक पौडेल, बोर्डका उपकार्यकारी निर्देशक नवराज अधिकारी र बोर्डको कानून विभागका उपकार्यकारी निर्देशक निरञ्जय घिमिरे सदस्य रहनुभएको छ । कार्यदललाई एक साताभित्र नियामवलीसहित प्रतिवेदन बुझाउन निर्देशन समेत दिइएको बोर्डले जनाएकाे छ ।