एनआईसी एशिया सेलेक्ट-३० फण्डको इकाई बाँडफाँड, बढ्याे आकार

एनआईसी एशिया सेलेक्ट-३० फण्डको इकाई बाँडफाँड, बढ्याे आकार

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं ।
एनआईसी एशिया कयापिटलले असार १० गते, बिहिबारबाट असार १४ गते, साेमबारसम्म निष्कासन गरेको ‘एनआईसी एशिया सेकेक्ट–३० (इन्डेक्स फन्ड)’  नामक सामुहिक लगानी कोषकाे इकाईहरू बाँडफाँड गरिएकाे छ । 

आइतबार गरिएकाे बाँडफाँडमा १०० इकाईदेखि ४५ लाख इकाईसम्म मााग गर्ने सबैलाई माग अनुसारकै इकाईहरु र ५० लाख इकाईदेखि एक कराेड इकाईसम्म माग गर्ने आवेदकहरुलाई ४९ लाख ३० हजार ६ सय ५ इकाईका दरले बाँडफाँड गरिएको क्यापिटलले जनाएकाे छ ।

एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको म्युचुअल फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईहरु निष्कासन गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएको थियाे । 

तर माग भन्दा झण्डै २ गुणा बढी आवेदन परेपछि फन्डको आकार बढाएर १ अर्ब २५ कराेड रूपैयाँ बनाइएको हो । 

क्यापिटलले प्रकाशन गरेकाे सूचना:

\"\"