नेप्सेको अध्यक्षमा दिर्घराज मैनाली

नेप्सेको अध्यक्षमा दिर्घराज मैनाली

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।

धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्षमा दिर्घराज मैनाली मनोनित भएका छन् । नेपाल सरकार अर्थ मन्त्रालयको असार १४ गतेको निर्णय अुनसार मैनाली नेप्सेको अध्यक्षका लागि मनोनित भएका हुन । 

अर्थमन्त्रालयका सह सचिव समेत रहेका मैनालीले असार १४ गतेदेखिनै नेप्सेको अध्यक्षको पद बहाली गरेका छन् । मैनालीलाई नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, उच्च व्यवस्थापकसँगै अन्य सञ्चालकहरुले स्वागत गरेका थिए । 

पद बहाली गर्दै मैनालीले पूँजीबजारको विकास र विस्तारमा आफ्नो थप योगदान रहने प्रतिवद्धता व्यक्त गरेका छन् । नेप्सेका यस अघिका अध्यक्ष लक्ष्मण न्यौपानेको कार्यकाल गत जेठ महिनाको पहिलो सातादेखिनै सकिएपछि नेप्सेमा अध्यक्षको पद खाली रहेको थियो ।