एनआईसी एशिया सेलेक्ट–३० फन्डका इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

एनआईसी एशिया सेलेक्ट–३० फन्डका इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने १ अर्ब रुपैयाँबराबरको ‘एनआईसी एशिया सेकेक्ट–३० (इन्डेक्स फन्ड)’ मा आवेदन दिने आज (असार १४ गते) अन्तिम दिन रहेको छ। 

योजना व्यवस्था एनआईसी एशिया क्यापिटल र कोष प्रवर्द्धक एनआईसी एशिया बैंक रहेको यो इन्डेक्स फन्डका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइको गत असार १९ गतेबाट सार्वजनिक निष्कासन गरिएको छ। कुल इकाइमध्ये १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइको सार्वजनिक निष्कासन गरिएको छ। 

हिजो आइतबार दिउँसो १ बजेसम्म यो फन्डका सतप्रतिशत इकाइ बिक्री भइसकेको छ। 

यो फन्डमा आज साँझ ५ बजेसम्म आवेदन दिन सकिने एनआईसी एशिया क्यापिटलले जनाएको छ। यसका साथै अत्याधिक माग भएको अवस्थामा यो फन्डको साइज १ अर्ब २५ करोड रुपैयाँसम्मको पुर्याउन सकिने क्यापिटलका सीईओ रमेन्द्र रायमाझीले जानकारी दिए। 

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा १ करोड इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सक्नेछन्। सीडीएसी एन्ड क्लियरिङले सञ्चालन गरेको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ।