शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि ७ अर्बमा खुम्चियो

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि ७ अर्बमा खुम्चियो

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं । 
साताको अन्तिम कारोबार दिन आज (बिहिबार) पनि सेयर बजारले ओरालो यात्रा तय गरेको छ । आज बजारमा दोहोरो अंकको गिरावट देखिएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १६.९६ अंकले घटेर २८४३ बिन्दुमा पुगी यस सातालाई बिदाई गरेको छ । आज नेप्से ०.५९ प्रतिशतले घटेको हो ।  त्यस्तै सेन्सेटिभ परिसूचक पनि ३.१७ अंकले घटेर ५२५.६४ बिन्दुमा पुगेको छ  ।

आज कारोबार रकम पनि ७ अर्बमा खुम्चिएको छ । बिहिबार कूल २१९ कम्पनीको एक कराेड ३२ लाख १० हजार ३ सय ६९ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७४० रूपैयाँको कारोबार भएको छ ।

आज कूल १३ वटा उपसमूहमध्ये २ उपसमूहको मात्र सेयर बढेको छ । बाँकी ११ उपसमूहको सेयर घटेको छ । 

बिहिबार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । त्यसैगरी, सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमशः नेपाल इन्स्योरेन्स कम्पनी, अप्पर तामाकोशी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, राधी विद्युत कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, एनआईसी एशिया बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र मन्जुश्री फाइनान्स लिमिटेड रहेका छन्  ।

त्यसैगरी, आज अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीले सर्वाधिक नाफा कमाएको छ भने छिमेक लघुवित्त विकास बैंकको संस्थापक सेयर, ङादी ग्रुप पावर, बरुण हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक लगायत कम्पनीले सर्वाधिक घाटा व्यहोरेका छन् ।