नेप्सेमा कामना सेवा विकास बैंकको ऋणपत्र सूचीकृत

नेप्सेमा कामना सेवा विकास बैंकको ऋणपत्र सूचीकृत

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं । 
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा आज (बुधबार) कामना सेवा विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ ।

नेप्सेका अनुसार कम्पनीको १० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । कम्पनीको नौ प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड- २०८७ नामक ऋणपत्र सूचीकृत भएको हो ।

बैंकले माघ २२ गते, बिहीबारबाट फागुन ६ गतेसम्म एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई  ६ लाख कित्ता बिक्री गरेको हो ।

\"\"