एनसीसी बैंकको ९ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

एनसीसी बैंकको ९ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको संस्थापक समूहको ९ लाख कित्ता सेयर आज जेठ २ गतेबाट लिलामीमा राखिएको छ।

यो लिलामी सेयरमा विद्यमान संस्थापकसँगै जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतमका लागि भने कुनै हद लाग्ने छैन।लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

धितोपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बोलपत्र काठमाण्डौको लाजिम्पाटस्थित एनआईबिएल एस क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र असार १६ गते बैंकिङ समयसम्म बुझाउन सकिनेछ।